हरियालीयुक्त सहर निर्माण गर्ने योजनाअन्तर्गत् ललितपुर महानगरपालिकाले महानगरलाई तीन ठाउँमा ‘पारदर्शी हरियो बार’को निर्माण गरेको छ ।
बुधबार नेपाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पश्चिमतर्फ मूल सडकमा लगाइएको पारदर्शी हरियो बारको उद्घाटन गर्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगर क्षेत्रलाई हरियालीयुक्त सहर बनाउने सपनालाई साकार बनाउन यस योजनालाई प्राथमिकता दिइएको बताए।
महानगरपालिकाभित्र सदर चिडियाखानाअगाडिको फुटबल मैदान वरिपरि र महालक्ष्मीस्थान नजिकै रहेको राजदल गणसँगैको खेलमैदान वरिपरि बार लगाइएको छ ।
यो योजना सम्पन्न गर्नका लागि ५५ लाख रुपैयाँ खर्च भएको महानगरले जनाएको छ ।