
देखापढी
पोखराका १७ वर्षीय सादिप जलारीले फेवातालमा डुङ्गा खियाएर परिवार चलाउन थालेको डेढ वर्ष हुन लागिसक्यो।
कमजोर आर्थिक अवस्थाका कारण खेल्ने कुद्ने किशोरावस्थामै पूर्णकालिन श्रम उनको नियति बनेको थियो। त्यसैले त दाजुको मार्गनिर्देशनअनुसार उनले फेवातालमा डुंगा खियाउने पेशा रोजेका थिए। दाजु पनि त्यही काममा भएकाले तालमा अभ्यस्त हुन उनलाई फाइदै पुग्यो।
एकाबिहानै देखि साँझको हावा अवरोध नबनुन्जेलसम्म डुंगा खियाउनु आफैमा सहज हाम त पक्कै थिएन। तर, काम सिक्नदेखि पाउनसम्म भने दाजुको साथले सहयोग पुगेको थियो। २०७६ को वैशाखदेखि फेवामा डुङ्गा चालक बनेका सादिपको दैनिकी यसैगरी चल्दै थियो। दैनिक १ हजार ५०० को हाराहारीमा कमाउँदा आफ्नै ठाउँमा काम गरेर उनले मासिक ४५ हजार रुपैयाँ कमाई गरिरहेका थिए।
तर, महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण सादिप बेरोजगार भएको अहिले आठ महिना बितिसकेको छ। सादिपजस्तै फेवामा डुंगा खियाउने तीन सय हाराहारीका मजदुर कामविहीन छन्। उनीहरुमात्र होइन, फेवाको बीचमा रहेको तालबाराही मन्दिर पनि दर्शनार्थीको पर्खाईमा छ।
“कोरोनाले एकाएक बेरोजगार बनायो। घरको खर्च टार्नै नसकिने अवस्थामा पुगियो। चीनमा कोरोना आयो रे भनेदेखि ने कमाई घटन थालेको थियो। तर चैतमा लकडाउन भए यता त सबथोक बन्द छ,’ सादिपले देखापढीसँग भने।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया