एन्टोनी ब्लिन्केनलाई दिने भए वाइडेनले विदेश मन्त्रालयकाे जिम्मेवारी

बिएल संवाददाता

न्यूयाेर्क

उप विदेश मन्त्रीको जिम्मेवारी निभाइसकेका एन्टोनी ब्लिन्केनलाई जो वाइडेनले आफ्नो विदेश मन्त्री बनाउने भएका छन्। 

अमेरिकाको राष्ट्रपतिमा हालै निर्वाचित भएका वाइडेनले ब्लिन्केन जनवरी २० पछि विदेश मन्त्री बनाउन लागिएकाे जनाइएकाे छ।  

बिल क्लिन्टन राष्ट्रपति हुँदा अमेरिकाको विदेश मन्त्रालयमा करियर सुरू गरेका ब्लिन्केन २०  वर्षदेखि निरन्तर वाइडेनको साथमा छन्। 

उनले बाराक ओबामाको पालामा सहायक विदेशमन्त्री र मुख्य सहायक राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा काम गरेका थिए।

त्यसअघि उनले वाइडनको नेतृत्वमा रहेको सिनेट फरेन रिलेसन्स कमिटीमा पनि डेमोक्रेटिक स्टाफ डिरेक्टरको रुपमा काम गरेका थिए। 

आगामी कार्यकालमा ह्वाइट हाउसको चिफ अफ स्टाफ बन्न गइरहेका रोह क्लाइनले यसअघि मंगलबार वाइडनले आफ्नो क्याबिनेटका केही सदस्यहरुको घोषणा गर्ने बताएका थिए। 

वाइडनले अमेरिकाका सहयोगी मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका छन्। 

प्रकाशित मिति: : 2020-11-23 12:42:00

प्रतिकृया दिनुहोस्