बारामा भएको सवारी दुर्घटनामा एक प्रहरी जवानकाे मृत्यु, चार जना घाइते

बारामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। 

जिल्लाको वडा नम्बर ८ जोलगाभा थलही पुल नजिकै लंगडाचौकबाट बरियारपुरतर्फ जाँदै गरेको ना ६२ प ३६७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका १ मा बस्ने २७ वर्षीय राजकिशोर साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए।

मृतक साह जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी खेस्रामा कार्यरत थिए।

यसै गरी वीरगञ्जबाट जाँदै गरेको ना ३२ प ४२६० नम्बरको मोटरसाइकल बाराको जीतपुरसिमरा उपमाहानगरपालिका ३२ डाबर अगाडी अनियन्त्रित भई दुर्घटना भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक जितपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरा बस्ने महेन्द्र साह र पछाडि सवार उनको नाती अभयकुमार साह  गम्भीर घाइते भएका छन् । 

घाइते भएका दुबैलाई थप उपचारको लागि बयोधा अस्पताल वीरगञ्ज ल्याइएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिएका छन्।

यस्तै जितपुरसिमरा उपमहानगरपालिका ७ भित्रि सडकखण्डको बकुलियास्थित जितपुर बजारबाट बकुलियातर्फ जाँदै गरेको प्रदेश न २–०३–००६ प ८४८५ नम्बरको स्कुटी र बिपरित दिशाबाट आउँदै गरेको ना १९ प २९२७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको छ।

दुर्घटनामास्कुटी चालक जितपुर सिमरा उपमहानगरपालिका ७ सिखर टोल बस्ने उमेश साह र स्कुटी पछाडी सवार मनोज साह घाइते भएका छन्।

उनीहरुलाई उपचारको लागी वीरगञ्ज हेल्थ केयर पर्सा ल्याइएको छ भने मोटरसाइकल चालकलाई  नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

प्रकाशित मिति: : 2020-11-22 08:11:00

प्रतिकृया दिनुहोस्