दुई गोलको अग्रता जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मोनाकोसँग हार बेहोरेको छ।
लिग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजी घरेलु टोलीसँग ३–२ गाेल अन्तरले पराजित भएकाे हाे।।
काेनाकाे जितमा केभिन भोलान्डले दुई तथा सेस फाब्रिगासले एक गोल गरे। पीएसजीका केलियन एमबाप्पेले दुवै गोल गरेपनि हार टार्न सकेन।
खेलको २५औं मिनेटमा पीएसजीले एमबाप्पेको गोलबाट अगता लिएको थियो। उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए।
यता ३७औँ मिनेटमा पेनाल्टी बक्समा राफिन्हालाई फोफानाले फल गरेपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी दिएकाे थियाे।
जसलाई एमबाप्पेले सदुपयाेग गर्दै पीएसजीको अग्रता दोब्बर बनाएका थिए। यस्तै ४४औँ मिनेटमा एमबाप्पे अर्काे गाेल गरे। तर अफसाइड पोजिसनमा देखिएपछि मान्यता नपाउदा उनी ह्याट्रिकबाट चुके।
तर दाेस्राे हाफमा माेनाकाेले कमब्याक गर्याे।
५२औँ मिनेटमा केभिन भोलान्डको गोलबाट खेलमा फर्किएको थियो।
६५औँ मिनेटमा सेस फाब्रिगासको पासमा भोलान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा ल्याए।
८४ औँ मिनेटमा एबोउ डिएलोले भोलान्डलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहायतामा मोनाकोलाई पेनाल्टी प्रदान गर्याे।
फलस्वरुप डानिलो सिधैँ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भयो।
त्यसपछि प्राप्त पेनाल्टीमा फाब्रिगासले गोल गर्दै मोनाकोलाई ३–२ ले जिताए।
लिग वानमा पीएसजीको यो तेस्रो हार हो। पीएसजीकाे ११ खेलबाट २४ अंक छ। अहिलेपनि पीएसजी शीर्षस्थानमा छ।
मोनाको २० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ।