चीनमा १० लाखलाई कोरोनाको खोप

चीनले देशका १० लाख नागरिकलाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेको जानकारी दिएको छ। 

चिनियाँ समाचार एजेन्सीले दिएको जानकारी अनुसार ‘सायनोफार्म’ नाम गरेको भ्याक्सिन १० लाख चिनियाँलाई लगाउने काम भएको छ। 

चिनियाँ राष्ट्रपति सी जिङफिङले बिहीकार एसिया–प्यासिपिक इकोनोमिक को–अपरेशनको बैठकमा विश्वभरिका सबै देशलाई कोरोनाविरूद्धको लडाईंमा चीनले साथ दिने तथा यसका लागि खोप उपलब्ध गराउने वचनवद्धता प्रकट गरेका थिए। 

उनले भनेका छन्, ‘भाइरसविरूद्ध लड्नका लागि सबै मिलेर काम गर्नु जरुरी छ। हामीले एकअर्कालाई दोषारोपण गर्नुभन्दा मिलेर काम गर्दा प्रभावशाली हुन्छ।’

प्रकाशित मिति: : 2020-11-20 11:49:00

प्रतिकृया दिनुहोस्