ट्रम्पले लगाएको कोरोना खोप ‘रेमडेसिवियर’ लाई प्रतिबन्ध लगाउने तयारी

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावअघि प्रयोग गरेको भनिएको कोरोना भाइरसविरूद्धको खोप ‘रेमडेसिवियर’ को प्रयोगमाथि रोक लगाउने तयारी गरेको छ। 

बिहीबार डब्ल्यूएचओले यसको जानकारी दिँदै भनेको छ, ‘ हाम्रो गाइडलाइन कमेटीले सल्लाह दिएको छ–रेमडेसिविरको प्रयोग अस्पतालमा भइरहेको छ भने यसलाई तुरुन्त बन्द गर्नुहोस्। 

हामीसँग अहिलेसम्म एउटा पनि प्रमाण आएको छैन, कोभिड संक्रमितको उपचारमा यसले फाइदा पुर्‍याएको।’

डब्ल्यूएचओको यो सल्लाहले धेरैलाई असमञ्जसमा पारेको छ। अमेरिकी राष्ट्रपतिलाई चुनावी अभियानका क्रममा कोरोना भाइरसको संक्रमण भएको थियो। 

उनी मेरील्याण्डको आर्मी अस्पतालमा तीन दिन उपचार गरेर पुनः ह्वाइट हाउस फर्किएका थिए। उनलाई यतिबेला रेमडेसिवियर खोप दिएको उनका चिकित्सकले जानकारी गराएका थिए। 

ट्रम्पको कोरोनालाई लिएर विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनले प्रश्न उठाएका थिए।

प्रकाशित मिति: : 2020-11-20 09:41:00

प्रतिकृया दिनुहोस्