शनिबार, १२ जुलाई २०२५

प्रशिद्ध अमेरिकी गायक तथा गीतकार नर्तक बबी ब्राउनका छोरा मृत भेटिए

News Image
• • •

प्रशिद्ध अमेरिकी गायक तथा गीतकार नर्तक बबी ब्राउनका छोरा बबी ब्राउन जुनियर मृत अवस्थामा भेटिएका छन्।

उनी लस एञ्जलसस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन्।

२८ वर्षीय ब्राउन जुनियरको मृत्यु भएको पुष्टि गर्दै गायक ब्राउनले इन्स्टाग्रममा लेखेका छन्, ‘मैले छोरालाई गुमाएँ।’

ब्राउन जुनियरको मृत्युको लागूपदार्थको अत्याधिक प्रयोगले भएको हुन् सक्ने स्थानीय प्रहरी अधिकारीले अनुमान लगाएका छन्। 

मासचुसेट राज्यको रक्सबरी, बोस्टनमा फ्रेबुअरी ५, १९६९ मा जन्मेका ब्राउनको डोण्ट बी कुल, बबी, किङ्ग्स अफ स्टेज, फरइभर जस्ता चर्चित एल्बमहरु छन्। 

प्रसिद्ध गायिका ह्विटनी हुस्टन ब्राउन कि पूर्ब पत्नी हुन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?