राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी काेराेना भाइरस संक्रमणमुक्त भएका छन्।
निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका उनी मंगलबार अस्पतालमुक्त भएका हुन।
उनी संक्रमणमुक्त भएर बुधबार घर फर्किएकाे जनाइएकाे छ।
सरकारले कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने भएको छ।
गत बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वप्रधानमन्त्रीसमेत रहेका केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो।
‘शुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकोमा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ। सबै शुभचिन्तक, चिकित्सक र सरकारलाई धन्यवाद,’ उनले भनेका छन्।