‘कोलावेरी डी’ पछि धनुषको अर्को गीतलाई एक अर्ब भ्यूज

‘कोलावेरी डी’ को अपार सफलतापछि तमिल सुपर स्टार धनुषको अर्को गीतले पनि तहल्का पिटेको छ। उनले तमिल फिल्म ‘मारी–२’ मा एउटा गीत रेकर्ड गराएका थिए।

‘राउडी बेबी’ बोलको यो गीत यु–ट्युबमा मात्र एक अर्ब मानिसले हेरिसकेका छन्। दक्षिण भारतको गीतलाई यति धेरै मानिसले हेरेको पहिलो अवसर हो। 

मारी–२ २०१८ मा रिलिज भएको थियो। यो गीत धनुष र धी ले गाएका थिए। आफ्नो गीतलाई रुचाएकोमा धनुषले ट्वीट गर्दै सबैलाई धन्यबाद दिए। 

उनले भनेका छन्, ‘कस्तो मिठो संयोग। जुन दिन राउडी बेबीले एक अर्ब भ्यू पायो त्यो दिन कोलावेरी डी गीतको नवौं एनिभर्सरी थियो।’

‘कोलावेरी डी’ २०११ मा रिलिज भएको थियो। गीत तमिल र अंग्रेजी दुबै भाषामा डब भएको थियो। यो गीत धनुषको फिल्ममा समावेश गरिएको थियो। 

यसमा संगीत अनिरुद्ध रविचन्द्रनले दिएका थिए। यसको भ्यूज मात्र २ दशमलव ८ मिलियन थियो। 

धनुषले आफ्नो अर्को फिल्म ‘अतरंगी रे’ मा पुनः गीत गाउँदैछन्। यसमा संगीत एआर रहमानले दिँदैछन्।

प्रकाशित मिति: : 2020-11-17 12:40:00

प्रतिकृया दिनुहोस्