धरानमा उपचाररत दुई कोरोना संक्रमित महिलाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

सुनसरी र तेह्रथुमका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको हाे।

सुनसरीको बराहक्षेत्र नगरपालिका ८ कि ३८ वर्षीया महिलाको सोमबार बिहान १० बजेर ४५ मिनेटमा मृत्यु भएको हो। उनमा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

यस्तै तेह्रथुमकी २० वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको छ। 

रगत र श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित युवतीमा कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएको सहप्रवक्ता श्रेष्ठले बताए।

स्वास्थ्य अवस्था जटिल बनेपछि सोमबार भर्ना भएकी युवतीको मंगलबार बिहान १ बजेर ५ मिनेटमा मृत्यु भएको हाे।

प्रकाशित मिति: : 2020-11-17 08:21:00

प्रतिकृया दिनुहोस्