वीरगञ्ज सीमा नजिकै बेतियाबाट चुनाव जितेकी रेणु देवी बिहारको उप–मुख्यमन्त्री बन्ने सम्भावना

नेपालसँग जोडिएको भारतको सीमा नजिकै रहेको बिहार राज्यमा पहिलो महिला उप–मुख्यमन्त्री बन्ने सम्भावना प्रबल बनेको छ। 

नेपाली सीमा वीरगञ्जबाट साढे २ घण्टा गाडीको यात्रामा पुग्ने बेतियाबाट पाँच पल्ट विधानसभा चुनाव जितिसकेकी रेणु देवी महिला उप–मुख्यमन्त्री बन्ने सम्भावना प्रबल छ। 

उनी गृहमन्त्री अमित शाहको टिममा पहिले राष्ट्रिय उपाध्यक्ष बनेकी थिइन।

 उनी २००५ मा नितिश कुमारको मन्त्रीमण्डलमा कला संस्कृति मन्त्री नियुक्त भएकी थिइन।
 
भारतमा निकै पछाडि परेको नोनिया जातिबाट प्रतिनिधित्व गर्ने रेणुलाई आइतबार भारतीय जनता पार्टी (भाजपा) ले विधायक दलको उपनेता निर्वाचित गरेको थियो। 

यसपालि जनता दल युनाइटेड (जदयु) का नितिश कुमार सातौं पल्ट मुख्यमन्त्री बन्दै छन्। राज्यमा भाजपाभन्दा कम मत प्राप्त गरेपनि आइतबार उनलाई मुख्यमन्त्री बनाउने कुरामा सहमति भएको थियो। 

सोमबार नितिशले सातौं पल्ट मुख्यमन्त्रीको सपथ लिदैछन्। यसपालि भाजपाका दुई जना उप–मुख्यमन्त्री बन्ने सम्भावना छ। 

नेपाली सीमासँगै जोडिएको कटिहारबाट प्रतिनिधित्व गर्ने तारकेश्वरप्रसादलाई उप–मुख्यमन्त्री बनाउने सम्भावना प्रबल छ। 

उनलाई आइतबार भाजपाको विधायक दलको नेता नियुक्त गरिएको थियो।। उनी चौथो पल्ट विधानसभाको चुनाव जित्न सफल भएका हुन्। 

यसअघि उप–मुख्यमन्त्री नियुक्त सुशील कुमार मोदीलाई केन्द्रिय मन्त्री बनाउने तयारी भएको बताइएको छ। 

यसअघि लालुप्रसाद यादवकी श्रीमती रावडी देवी बिहारको मुख्यमन्त्री भएकी थिइन। 

उनलाई चुनाव नजित्दै श्रीमानले मुख्यमन्त्री बनाएका थिए।

प्रकाशित मिति: : 2020-11-15 22:34:00

प्रतिकृया दिनुहोस्