प्रविधि कम्पनी माइक्रोसफ्टका अनुसार उत्तर कोरिया र रुसका सरकार समर्थित ह्याकरले कोरोनाभाइरसको खोपबारे काम गरिरहेका संस्थालाई निशानामा राखेका छन्।
उसले 'फ्यान्सी बियर' रुसी समूह एवम् उत्तर कोरियाली 'जिन्क' र 'सेरियम' समूहहरू पछिल्ला साइबर हमलामा संलग्न पाइएका छन्।
यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले यसअघि नै रुसी ह्याकरहरूले खोपको अनुसन्धानलाई निशानामा पारेको जनाएको थियो।
ह्याकरहरूले अक्सफर्ड विश्वविद्यालय र अन्य संस्थाका अध्ययन चोर्ने प्रयास गरेका थिए।
तर रुसले यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो।