शनिबार, १२ जुलाई २०२५

११ दिनमै कोरोना संक्रमणमुक्त भए मनोज गजुरेल

News Image
• • •

११ दिनको अस्पताल बसाईपश्चात हाँस्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन्।

संक्रमणमुक्त भएसँगै उनी अस्पतालबाट डिस्चार्ज भएका छन्।

अहिले उनी घरमा आराम गरिरहेको गरिरहेका छन्।

‘कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कने छु’, उनले भनेका छन्।

काेराेना महामारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन उनले आग्रह गरेका छन्।

गजुरेलले भनेका छन्, ‘सकेसम्म यो महामारीबाट आफू जोगिऔँ र अरुलाई पनि जोगाऔँ । दीपावलीको सबैलाई शुभकामना ।’

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?