डाक्टर राउन्डमा आउदा मात्र अस्पतालमा काम गर्ने नर्सहरू बिरामीको हेरबिचार र औषधी उपचार छिटो छिटो गरे जस्तो गर्थे। तर पछि उनीहरु आफ्नै धुनमा व्यस्त हुन्थे।
आमा, नर्सलाई आफ्ना सबै समस्याहरु भनेपछि चाँडै निको हुन्छकी सोच्नुहुन्थ्यो। तर नर्सहरु भने खासै वास्ता नै गर्दैनन् थिए। मलाई एक्दमै नरमाइलो महसुस हुन्थो।
आमाको पीडा र छट्पटाइले मुटुमा छुरा खोपे जस्तो हुन्थो। आमा र बुबाको दुःख पीडा सम्झिँदा एकान्तमा गएर धेरै बेरसम्म रुन्थ्ये। आफ्ना सबै दुःख पीडा बिर्सन र आमाबुबालाई खुशी बनाउन म सधैँ निराश अनि उदास नभएको जस्तो गर्थे।
सम्झनाको त्यही विन्दुमा उभिएर भन्न मन लाग्थ्यो– ‘आमालाई जे जे दुःख पीडा भइरहेको छ त्यो सब मलाई भइदिएको भएपनि हुन्थ्यो।’
म सहन सक्छु होला जस्तो लाग्छ। तर मेरो आमाबुबाले यी सबै दुःख पीडामुक्त भएको भए हुन्थ्यो होला जस्तो लाथ्यो।
मध्य रातमा कुकुर बेसरी भुकिरहेको हुन्थ्यो। मलाई लाग्थ्यो यो कुकुर सारा परिवेशलाई तोकेर भुकिरहेको छ। त्यसैले कुकुर भुक्ने वित्तिकै म आफ्ना पुराना दृश्यहरुतिर भौतारिन पुग्थे। अकास्मात अतितका यात्राहरु सुरु हुन थाल्थे। म अतितका कुराहरु बिर्सन खोज्थे तर दिमागमा आइहाल्थे। पागल जस्तो हुन्थ्यो मन, मात्र पागल भनेर कसैले चिनेका थिएनन्।
त्यो चिसो अनि निरसिलो अस्पतालको बेटमा उदास लागेर ढल्थे अनि मेरा दुःखका यात्राहरुको दृश्य शुरु हुन थाल्थो।
उदास लागेको बुबाको अनुहार। विना लक्ष्य हिडिरहनुभएको मेरो दाइ। पढ्ने लेख्ने चाहाना हुँदा हुँदै हजारौ दुःख पीडाहरु एउटा बलियो खम्बा भएर उभिएको मेरो जीवन। आमा, दाइ र मेरो चिन्ताको भारी बोकेर हिड्दा दुब्लिएर शरीरिरमा हाडबाहेक केही नभएका हाम्रो बुबा।
बुबाको अनुहारमा खुसीको उज्लोपना कहिले देखिन, मैले। हाम्रै भविष्यको लागि बुबा देश, विदेश धाउनुभयो अनि आमाले आफू भोकै बसेर भएपनि हामीलाई खुवाउनु भयो। हाम्रो खुसीका लागि आफ्ना सबै रहर, इच्छाहरु दबाउनु भयो। हाम्रो जीवनमा अनेक थरिका उतारचढावहरु आइरहे, भूकम्प पछिको पराकम्पन जस्तै।
हामीसँग धेरै धनसम्पत्ति नभएकै कारण सबै समस्याको समधान गर्न त्यति सहज थिएन। आमा बिरामीदेखि कहिले ठाडो उठ्नु भएन। रोगबाट पनि कहिले मुक्ति पाउनु भएन। औषधीकै भरमा बाँच्नु भएको थियो।
धेरै पैसा त छैन तर हाम्रो आमा, बुबा नै हाम्रो अतिरिक्त पुजी हुनुहुन्छ। हाम्रो लागि सबैभन्दा उपयोगी कुरा भनेकै आमा बुबा नै हुनुहुन्छ। आमा बुबालाई भविष्यमा हामीसँगै हिडाउने हाम्रो इच्छा हो। तर त्यो संयोग मिल्न सकेन। अनि हामी सँगसँगै रहेर बस्ने कुरा सपनामा मात्र सिमित हुन पुग्यो।
अस्पतालको चिसो बेटमा हामी सबै आमाकै प्रतिक्षामा थियौं। आमा नभएको रित्तो घरमा जान मन नै लागदैनथ्यो। मलाई त्यतिखेर घर भन्दा पनि अस्पतालमा नै बस्न मन लाग्थो। किनकि आमा अस्पतालको बेटमा जीवन र मूत्युसँग लडिरहनुभएको थियो। मलाई आफ्नो बारेमा भन्दा पनि घर परिवार अनि आमाको बारेमा चिन्ता थियो। चिन्ता मलाई मात्र होइन सबैलाई थियो।
आमाको अवस्था एकदमै नाजुक थियो। डाक्टरहरुले पनि बचाउन एकदमै गारो छ भन्थे आमालाई ।
डाक्टरले बाँच्ने आशा मारिसकेका थिए। तर हामीहरुको मनमा आमालाई केही हुँदैन ठिक हुन्छ भन्ने आशा थियो।
आमालाई चाँडै होस आउँछ र राम्रोसँग ठिक भएपछि आफ्नै घरमा गएर दुःख सुख जे जस्तो भए पनि बाडेर बसुला भन्ने आशा थियो।
आमाको होस आउने वित्तिकै एकपटक नानी भन्दै मेरो कपाल माथि हात राखेर सुम्सुमाउदै अंगालोमा बेरेर आँखाबाट खुशीको आशु झार्नुहुन्छ भन्ने आश लागेको थियो। तर दिन बित्दै जान्थ्यो आमाको अवस्था झन् झन् नाजुक बन्दै जान्थो। जति नै आशा बढ्दै जान्थो त्यति नै निराशा पनि।
आमाको अवस्था अनि बुबाको मधुरो अनुहार देख्दा न खाना खान नै मन लाग्थो न त काम गर्न नै। छिनासाँघु पुल, जुगाड पुल, टुडिखेल कालढुङ्गी खोला त्यसपछि आइपुग्थो मेरो गन्तव्य। तर गन्तव्य शुरु नहुँदै सबै गन्तव्य अनि सपनाहरू चकनाचुर भइहाल्थे।
आईसीयुको बेटमा आमालाई आदि लाश जस्तो देख्दा म आफूलाई समाल्न सक्दिनथे। विज्ञानमाथि पुरै भरोसा गर्दा पनि अस्पतालमा आउदा जादा कालढुङगी खोलामा रहेको मन्दिर प्रति झिनो आशा जाग्थ्यो। तर त्यो स्थिर ढुङ्गालाई अदृश्य शक्ति सम्झेर प्रथाना गर्नु मेरो सबैभन्दा ठूलो भुल रहेछ।
त्यसमाथि विश्वास गरेको अस्पतालमा चरम लापरबाही भयो। पहिला म सधै सोच्थे नाम चलेको र विश्वास बसेको अस्पताल भनेर। तर होइन रहेछ। पैसा अनि साथमा पावर भएका मान्छेका लागि मात्र अस्पताल रहेछ। गरिब अनि सर्वसाधारण जनताको लागि अस्पताल चिहानघाट जस्तो पो हुने रहेछ।
सेतो पहिरन, सेतो छाला अनि झ्याप हेर्दा राम्रा देखिने डाक्टर नर्स वास्तवमा राम्रा रहेनछन्। सेता एप्रोन लगाउनेको मनमा काला दाग होलान भनेर कल्पना समेत गरेकी थिइन। तर भइदियो त्यही। अस्पताल एउटा जीवन बचाउने पवित्र मन्दिर जस्तो लाग्थो मलाई। तर जोसँग धन सम्पत्ति अनि साथमा पावर छैन उसका लागि अस्पताल जीवन बचाउने ठाउँ होइन रहेछ। हजार विन्ती अनि अनुरोध गर्दा पनि सेतो पहिरन लगाउने नर्सले मेरो आमा छटपटाएको अनि अन्तिम अवस्थामा आउदा पनि उनीहरुको मनमा दयाको भाव झल्किएन।
त्यतिखेर म आफ्नै जिन्दगीलाई घृणा गर्थे। रिस उठ्थ्यो जीवनदेखि। किनकि गरिब भएर जन्मनु हाम्रो सबैभन्दा ठूलो भुल रहेछ भनेर। आमाको शरीरिरमा हेमोगोलोबिनको मात्रा दुई प्वाइन्ट मात्र थियो। रगत नपाएर छटपटाई रहनुभएको थियो। चार दिन देखि खाना खान दिएको थिएन। शरीर धेरै नै कमजोर भइसकेको थियो।
डाक्टरले रगतको व्यवस्था गर्नु भनेका थिए। त्यसको केही समयमा रगतको व्यवस्था पनि भइसकेको थियो। नर्सहरु समयमा नै रगत दिन नआएपछि धेरै पटक म र बुबा नर्सलाई बोलाउन गयौं तर उनीहरुले हाम्रो सोझोपना अनि गरिबीको फाइदा उठाएर आमाको जीवनमाथि खेलवाड गरे।
समयमा नै रगत नदिएको कारण २६ गते दिउसो आमाको होस गयो। मेरो र बुबाको आँखा अगाडि आमाको आदि परान गयो। आमासँगै म पनि बेहोस भएँ। बुबा रुनुभयो, कराउनुभयो। हाम्रो केही लागेन।
बुबाले सबै आफन्तहरुलाई बोलाउनुभयो। सबैजना अस्पताल आउनुभयो। नर्सको चरम लापरबाहीको शिकारमा आमा हुनुभयो। म र मेरो परिवार भयौं। हाम्रा आफन्तहरु हुनुभयो। समग्रमा सिंगो निम्न वर्ग भयो। निम्न वर्गको उपचार पाउने आशामा कुठाराघात भयो।
सबै आफन्तले मलाई, बुवा र दाईलाई सम्झाउनुभयो। २६ गते दिउसो आमाको बोली बन्द भयो। नर्सको कारण आमालाई भेन्टिलेटरमा राख्नुपर्यो। आमा भेन्टिलेटरको किर्तिम सासको भरमा शरीर धानीरहनु भएको थियो।
हामीले जे सोच्नसम्म सकेका थिएनौं त्यही भयो। असोज २ गते बिहान नौ बजे आमाले हामी सबैलाई छोडेर जानुभयो। डाको छाडेर रुने मन त थियो तर मैले आवाजलाई जसोतसो बन्द गरे। आँखाको आँशुलाई भने केहीगरी पनि रोक्न सकिन। दुःखबाट सधै भाग्न खाजे तर कहिले सकिन। लाउने, खाने, रमाउने उमेरमा नै आशु पिएर बाचेकी छु।
सबैको जोडी सँगै हिँडेको, बसेको देख्दा बुबाको मन कति रुँदो होला? मन समाल्न गारो हुन्छ होला जस्तो लाग्छ। बुबातिर एकटकले हेर्नु र निराश हुनु नै आजभोलीका दृश्यहरु हुन। तर यी निकै धमिला छन्। धमिला दृश्यले मन झन् धमिलो बनाउने रहेछ।
आमाले साथ छोडेर जाँदा अंकलअन्टी, मामामाइजु, फुपुफजु सबैले हामीहरु सबै तिमीहरुकै साथमा छौं, दुःख सुख जे जस्तो अवस्थामा पनि साथ दिन्छौं भन्नुभयो। उहाँहरुकै सान्तोनाले हामीलाई हौसाला मिलिरहेको छ।