सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका खलिफाको निधन

बिएल संवाददाता

काठमाडाै‌ं

बहराइनमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको रुपमा रहेका शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ।

बुधबार ८४ वर्षको उमेरमा उनको अमेरिकाको मायो क्लिनिक हस्पिटलमा निधन भएको हो। 

यद्यपि यस विषयमा विस्तृत विवरण भने दिइएको छैन।

राजाले खलिफा बिन सलमान अल खलिफाको निधनमा एक साता शोक मनाउँदै आधा झण्डा झुकाउने घोषणा गरेका छन्।

उनको अन्त्येष्टि भने अमेरिकाबाट शव आइपुगपछि मात्र गरिने र अन्त्येष्टिमा सीमित आफन्तहरु मात्र जान पाउने बताइएको छ।

बहराइनका राजा हमाद बिन इसा अल खलिफाले युवराज सलमान अल खलिफालाई मुलुकको नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका छन्।

प्रकाशित मिति: : 2020-11-12 17:42:00

प्रतिकृया दिनुहोस्