प्यालेस्टिनी नेता इरेकातको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी

कोरोना भाइरस संक्रमणबाट मंगलबार निधन भएका प्यालेस्टाइनका वरिष्ट शान्ति मध्यस्थकर्ता साएब इरेकातलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ ।  

इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोना भाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजूक बनेको थियो । 

फताह आन्दोलनले पनि इरेकातको निधन भएको पुष्टि गरेको छ । इरेकातलाई अक्टोबरको मध्यतिर संक्रमण भएको थियो । 

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (आइएलओ) को कार्यकारी समितिका महासचिव समेत रहेका इरेकातको कोरोना संक्रमणपछि स्वास्थ्य निरन्तर खस्केको थियो । 

उनलाई उपचारका लागि जेरुसेलमस्थित हदस्साह मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । इरेकातको तीन वर्षअघि फोक्सोको प्रत्यारोपण गरिएको थियो ।

इरेकातले प्यालेस्टिनी नेता स्वर्गीय यासेर अराफात र राष्ट्रपति मोहमुद अब्बासका लागि मुख्य मध्यस्थकर्ताका रुपमा कार्य गरेका थिए। 

इजरायलबाट प्यालेस्टाइनलाई अलग बनाउने सन्दर्भमा भएका आन्दोलन र शान्ति वार्तामा इरेकातले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

इरेकातको सम्झनामा अब्बासले तीन दिने राष्ट्रिय शोकको घोषणा पनि गरेका छन्।
 

प्रकाशित मिति: : 2020-11-11 14:10:00

प्रतिकृया दिनुहोस्