
लगानी बोर्डले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।
बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४५ औँ बैठकले यो निर्णय गरेको हो।
सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको हो।
५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ र ६५ मेगावाटको दूधखोला जलविद्युत् परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख रुपैयाँ लगानी स्वीकृत भएको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले जानकारी दिए।
१ .
२ .
३ .
४ .
५ .