आउँदो महिना आमा बन्दै अनुश्का, स्याहार सुसारका लागि विराटलाई बिदा

भारतीय कप्तान विराट कोहलीले श्रीमतीको स्याहार सुसारका लागि बिदा लिने भएका छन्। उनले अस्ट्रेलिया भ्रमणमा पहिलो टेस्ट खेलेर कप्तानी रोहित शर्मालाई दिने र छुट्टिमा बस्ने भारतीय अखबारले जनाएको छ। 

भारतीय क्रिकेट बोर्डले भने यसको पुष्टी गरिसकेको छैन। तर, सुत्रबाट आएको समाचार अनुसार विराटको श्रीमती बलिउड नायिका अनुस्का शर्मा आमा बन्ने तयारीमा छिन्। उनलाई चिकित्सकले आउँदो महिनाको समय दिएको छ। 

विराटको सम्भावित छुट्टिका कारण रोहितलाई टेस्ट टिममा समावेश गरिएको छ। सञ्जु सामसनलाई टि–२० पछि एकदिवसीय टिममा पनि समावेश गरिएको छ। वरुण चक्रवर्ती कुममा लागेको चोटका कारण अस्ट्रेलिया भ्रमणबाट बाहिर भएका छन्। तीब्र बलर टि नटराजनलाई उनको स्थानमा टि–२० टिममा समावेश गरिएको छ। 

भारतले २७ नोभेम्बरदेखि सुरु हुने शृंखलाअन्र्तगत अस्ट्रेलियामा ३ एकदिवसीय ३ टि–२० र ४ टेस्ट शृंखला खेल्ने छ। 
बक्सिङ डेको दिन हुने टेस्टका लागि २५ हजार दर्शकले हेर्नसक्ने व्यवस्था अस्ट्रेलियाली क्रिकेटले गर्दैछ।

प्रकाशित मिति: : 2020-11-11 09:49:00

प्रतिकृया दिनुहोस्