युरोपमा कोरोनाबाट मर्नेको संख्या तीन लाख नाघ्यो

युरोपमा कोरोना संक्रमण पुनः बढेपछि मंगलबार मात्र यो महादेशमा मर्नेको संख्या तीन लाख नाघेको छ।

फ्रान्स, जर्मनी, बेल्जियम र इटालीमा संक्रमितको संख्या घटेको छैन। 

फ्रान्समा १२ दिनपछि संक्रमितको संख्या घटेपनि अस्पतालमा गम्भीर बिरामीको संख्या बढेको छ।

यहाँको सरकार भ्याक्सिनको प्रतिक्षामा छ तर कुनै ठोस नतिजा निस्किएको छैन। 

युरोपले विश्वको कूल जनसंख्याको १० प्रतिशत स्थान ओगटेको छ। यहाँको अस्पताल सुविधासम्पन्न छ।

तर, कोरोना संक्रमितलाई उनीहरूले बचाउन सकिरहेका छैनन्।

लकडाउन र सामाजिक दुरीको पालना नगर्दा समस्या झन् बिकराल बन्दै गइरहेको छ।

प्रकाशित मिति: : 2020-11-11 09:41:00

प्रतिकृया दिनुहोस्