थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरि नगरपालिका ५ थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान साढे ४ बजे नम्बर नखुलेको बसले ठक्कर दिँदा बाजुरा घर भई थानकोट बस्दै आएका ४० वर्षीय नवीन लोहारको मृत्यु भएको हो।

उनी तरकारी बेच्न हिँडिरहेका बेला बसले ठक्कर दिएको थियो। घाइते लोहारलाई उपचार गर्न ओम समाज अस्पताल सतुंगलमा पुर्याएलगत्तै पौने ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

उनलाई ठक्कर दिने बसको नम्बर खुलेको छैन। एउटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-11-10 12:00:00

प्रतिकृया दिनुहोस्