नेपथ्य ब्यान्ड मेम्बर सुरजले ल्याए नौ डाँडापारी

विगत १७ वर्षदेखि नेपथ्य ब्यान्डमा रहेका सुरज कुमार थापा नयाँ गीत सार्वजनिक गरेका छन्। 

‘चिनारी’ एल्बमा समावेश गरिएको नौ डाँडापारी गीत सार्वजनिक गरिएको हो। 

यसअघि लकडाउनकै समयमा उनले चिनारी ‘एल्बम’ कै गीत सार्वजनिक गरेका थिए।

आफ्नै युट्युब च्यानलबाट गत सार्वजनिक गरेको नौ डाँडा पारी गीत गीतकार तथा कवि मंजुलले लेखेका हुन्। विनोद स्याङदेनको संगीत रहेको यो गीतको संगीत संयोजन सुरज आफैंले गरेका हुन्। 

सुरजलाई अभिनयमा उनकी श्रीमती देवकी बोहराले साथ दिएकी छिन्।

भिडियोका परिकल्पनाकार र निर्देशक सन्तोष बस्नेत हुन्।

सरन महर्जनको फोटोग्राफी निर्देशन, धमेन महर्जनको छायांकन, निरू बस्नेतको मेकअप, शिबु श्रेष्ठको सम्पादनमा भिडियो तयार भएको हो। 

प्रकाशित मिति: : 2020-11-09 16:13:00

प्रतिकृया दिनुहोस्