महोत्तरीबाट सात लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीका सामान बरामद

सशस्त्र प्रहरीले महोत्तरीबाट सात लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीका सामान बरामद गरेको छ। 

सोमबार मटिहानी नाका हुँदै भित्र्याइएको करिब ७ लाख २ हजार मूल्य बराबरको सामान बरामद गरेको हो।

महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाका अनुसार करिब ५ लाख ४० हजार मूल्यको डेन्टलसम्बन्धी उपकरण बरामद गरिएकाे हाे। 

यसैगरी एकडाँडा गाउँपालिका क्षेत्रबाट १ लाख ६२ हजार मूल्य बराबरको भन्सार छली गरेल ल्याइएको कपडा समेत बरामद भएको उनले बताए।

बरामद गरिएका उपकरण र कपडालाई जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ।

प्रकाशित मिति: : 2020-11-03 15:30:00

प्रतिकृया दिनुहोस्