हलिउड अभिनेताको गोली हानि हत्या

हलिउड अभिनेता एडी हेजलको हत्या भएको छ।

३० वर्षीय एडी टेक्सासस्थित ग्रान्ड प्रेयरीमा आफ्नो प्रेमिकासँगै अपार्टमेन्टको बाहिर थिए, जतिबेला गोली उनको पेटमा लागेको थियो। 

आइतबार दिउँसो भएको यो घटनामा एडीलाई तुरुन्त अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनको निधनको घोषणा गरे। एडीलाई गोली हान्नेको खोजी भइरहेको छ। 

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार एडीलाई किन मारियो, अहिलेसम्म केही खुल्न सकेको छैन। 

एडीले एनबीसीको साइन्स फिक्सन श्रृंखलामा फिल नेसको अभिनय गरेका थिए। 

उनले १० एपिसोडसम्म काम गरेका थिए। २०१० मा प्रदर्शन भएको ‘द किड्स आर अल राइट’ मा पनि एडीले क्लेको अभिनय गरेका थिए।

प्रकाशित मिति: : 2020-11-02 18:43:00

प्रतिकृया दिनुहोस्