सिन कोनरी अर्थात पहिलो जेम्स बोन्ड

अंग्रेजी सिनेमा पारखीका लागि जेम्स बोण्ड–००७ सिरिजको सिनेमा र यसका नायक सिन कनरी (पुरा नाम थोमस सिन कनरी) कुनै अपरिचित नाम होइन। निकै लामो समयसम्म जासुसी सिनेमाका दर्शकहरुको मन र मस्तिष्कमा एक छत्र राज गर्दै आएका उनको हालै (३१ अक्टुबर २०२०) मा ९० बर्षको उमेरमा निधन भएको छ। २५ अगष्ट १९३० मा फ़ाउण्टेन ब्रिज, ईडनबर्ग, स्कटल्याण्डमा जन्मेका कनरीले करिब तीन बर्ष सन् १९४६ देखी १९४९ सम्म बेलायतको रोयल नेभीमा काम गरेका थिए। 

जेम्स बोण्ड सिरिज र त्यस बाहेक अन्य गरी लगभग ९४ वटा सिनेमामा नायकको अभिनय गरेका कनरीका प्रमुख सिनेमामा डा नो, यु वान्ली लिभ ट्वाइस, डाइमन्ड्स आर फरएभर, नेभर से नेभर अगेन, गोल्ड फ़िङ्गर, फाइभ डेज वान समर, फ्रम रसिया विथ लभ पर्दछन्। उनले अभिनय गरेको अन्तिम सिनेमा सर बिल हो, जुन सन् २०१२ मा प्रदर्शित भएको थियो।

३२ jर्षको उमेरमा डायना केलेण्टोसँग बिबाह गरेका कनरीको उनीसँग ११ बर्ष लामो बैबाहिक जीवन अन्त भएपछि सन् १९७५ मा मिचलिन रक्युब्र्नसँग अर्को बिबाह गरेका थिए र उनीसँगको बैबाहिक जीबन अन्तसम्म कायम रहयो। पहिलो पत्नीबाट भएको एक मात्र पुत्र डेजेली कनरी पनि चर्चित अभिनेता हुन्।

 सन् १९८८ मा उत्कृष्ट सह अभिनेता (द अनट्चेबल सन् १९८७) को लागि ओस्कार अवार्ड प्राप्त गरेका कनरीले गोल्डन ग्लोब, बाफ्टा, बाम्बी, एनी जस्ता अवार्ड पनि जितेका थिए। लामो समयदेखी पेटको क्यान्सर रोगसँग लड्दै आएका कनरीको आफ्नै निवास स्थान बहामाजको नासाउ सहरमा निधन भएको हो। उनको नश्वर शरीर यो संसारमा नभए पनि उनका दर्शकले उनलाई सधै सम्झिरहने छन्। अलबिदा कनरी।

प्रकाशित मिति: : 2020-11-02 11:22:00

प्रतिकृया दिनुहोस्