प्रदेश १ प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले ८ लाख ८९ हजार २ सय ५० रुपैयाँसहित ५ जुवाडेलाई पक्राउ गरेको छ।
शनिबार बेलुकी मोरङको केराबारी गाउँपालिकामा रहेकाे स्थानीय भुपेन्द्र भट्टराईको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा बेलुकी करिब साढे ५ बजे उनीहरुलाई पक्राउ गरिएकाे हाे।
खेलिरहेकै अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता नायब उपरीक्षक मानबहादुर राईले बताए।
पक्राउ पर्नेहरु विभिन्न सरकारी एवं गैर सरकारी संस्थाका कर्मचारीहरु, व्यवसायी तथा वैदेशिक रोजगारबाट फर्किएका भएको उनले जानकारी दिए।
प्रवक्ता राईलेका अनुसार पक्राउ पर्नेमा केराबारी ६ का ६० वर्षीय भुपेन्द्र भट्टराई, ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका ६ का ३६ वर्षीय हरि खत्री, उक्त महानगरपालिका १५ का ३६ वर्षीय अरुण केसी र ३८ वर्षीय शैलेश भुजेल हुन्।
नगदसहित उनीहरुबाट १३ बुक तास, दुई स्कुटर र दुई मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।