मुक्ति गौतम
कौब्रु पहाडको मध्य भागमा भँगेराको एउटा गुँड थियो । भँगेरा जोडी आफ्ना दुईवटा बच्चालाई पालै पालो चारो खोज्दै खुवाउँदै रमाइला दिन बिताई रहेका थिए ।
एकदिनको कुरा, भँगेराले तल देखिने मानव गाउँ तिर चहार्ने विचार गरयो । मान्छे दयालु हुन्छन् भन्ने पनि सुनेको थियोे । यसैले उ केही 'नया पाइन्छ कि' सोचेर सोझै गाउँ तिर हानियो । भँगेरी फलफूलका मसिना गेडागुडी बटुलेर बचरालाई दिउँसोको खाजाको जोहो गर्न थाली ।
एउटा सम्भ्रान्त ब्राह्मणको घर आँगन । भँगेरो फत्र्याक फुत्रुक गर्दै तुलसाको मठ वरिपरि पुग्यो । त्यहाँ पोखिएका सकसकाउँदा चामलका दाना देखेर रमाइ रमाइ टिप्दै थियो ।
अचानक मौकाको फाइदा उठाई सिकुवामा उभिएको ब्राह्मण कुमारले एकैचोटि मट्यांग्राले ठोक्यो । भँगेरो कालो रगत बान्ता गर्दै पिर्लिक्क पल्ट्यो ।
चराको अन्तरात्मा चिच्यायो- 'हे प्राणीश्रेष्ठ मानव समुदायको सर्वश्रेष्ठ ब्राह्मण कुमार ! हजुरका हातबाट एउटा जाबो चरामाथि यस्तो जघन्य हमला हुन्छ भन्ने त सपनामा पनि सम्झेकै थिएन ।
हजुरका आश्रममा हजुरले फालेका चामलका दाना टिपेको अपराधमा पाएको यत्रो मृत्युदण्ड ! ! विधाताको कालचक्र त घुमी रहला नी ! !
जंगलको मंगल छोडेर मान्छेको गाउँ तिर आउनु नै मेरो जीवनको सबैभन्दा ठूलो भूल भएछ । मेरो पछि हजुरको पनि पालो न आउला र ? भन्न सकिन्न ।'
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया