कोरोना भाइरस प्रभावित दलित तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग

चेन्ज एक्सन नेपाल ( परिवर्तनको लागि सहकार्य नेपाल )को आर्थिक सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपालको सहकार्यमा पर्सा दलित तथा अति विपन्न ५० घरपरिवार खाद्यान्न राहत सहयोग गरिएको छ। 

लकडाउनको कारण प्रभावित भएका जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा-५, महुवनको दलित तथा अति विपन्न घरपरिवार खाद्यान्न राहत सहयोग गरिएको हाे। 

लकडाउनका कारणले गरिब, मजदुर, दलित, विपन्नहरु अति नै प्रभावित रहेकोे थिए । दैनिक काम मजदुरी गरि खाने लाई धेरै समस्या रहेकोे छ। 

गाउँ घरमा लकडाउन खुल्ले पनि काम गर्ने सम्भावना कम रहेकोे मजदुर अशोक राम बताउँछन्।

‘हामी धेरै समस्या छौँ । दशौँ आएपनि काम नचलेकोले खाने समस्या रहेकोे थियो तर यो राहतले हामीलाई धेरै राहत हुनेछ,’उनले भने।

यस खाद्यान्न राहतमा (१ बोरा) ३० केजी चामल , १ केजी नुन , १ केजी दाल , १ लिटर खाने तेल सहयोग तथा वितरण गरिएको छ। 

यस कार्यक्रममा पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष / दलित सामाजिक अभियान्ता मनोज राम, नेपाल रेडक्रस सोसाइटी उप शाखा, महुवनको सभापति जदु प्रसाद तेली, पिसफोर दलितस फाउन्डेसन नेपालको कोषाध्यक्ष लिलावती देवी, सदस्य उदम देवी, सदस्य श्रीकान्ती देवी, सदस्य संजोग महरा चमार तथा दलित युवाहरुको उपस्थिति रहेकोे थियोे ।

प्रकाशित मिति: : 2020-10-22 12:07:00

प्रतिकृया दिनुहोस्