अधुरै रहृयो मुख्यमन्त्री फेर्ने चाहना !

अनलाइनखबर

काठमाडाैं

१ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट आएका नेताहरुलाई प्रदेशको विवाद पार्टी केन्द्रको विषय भएको प्रष्ट पारिदिएका छन् । यससँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने प्रयास हाललाई असफल भएको छ ।

यमलाल कँडेलसहित नेकपाका १८ सांसदले मुख्यमन्त्री एवं संसदीय दलका नेता शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । उनीहरुले यो ३२ सांसदको विषय भएको भन्दै हस्तक्षेप नगर्न केन्द्रलाई आग्रह गरेका थिए ।तर केन्द्रमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मुख्यमन्त्री शाहीको बचाउमा उभिए । उनले ओलीका साथै वरिष्ठ नेता माधवकुमार नेपाललाई अविश्वासको प्रस्ताव राख्न प्रस्ताव गरे । लगतै तीन मन्त्री र सचेतक दिन शर्तमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षका ७ मध्ये ६ सांसद फिर्ता ल्याए ।

प्रकाशित मिति: : 2020-10-18 10:11:00

प्रतिकृया दिनुहोस्