विराटनगरमा होम आइसोलेसनमा बस्दै आएका ८२ वर्षीय वृद्धको बिहीबार मृत्यु भएको छ ।
असोज १७ गते स्वाब संकलन गरी गराएको पीसीआर रिपोर्ट १९ गते पोजिटिभ आएको विराटनगर महानगर ५ का अध्यक्ष मिनकुमार आचार्यले बताए।
ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको वृद्धको बुधबार राति स्वास्थ्यमा थप समस्या देखिएपछि मृत्यु भएको उनले बताए ।