घरमा लुकाइछिपाइ रोखेको ८ किलो अफिमसहित एकजना पक्राउ

पर्सा प्रहरीले घरमा लुकाइछिपाइ रोखेको ८ किलो प्रतिबन्धित लागुऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कालिका माई गाउँपालीकाको १ को २९ वर्षीय खोवारी प्रसाद रहेको पर्सा प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मनोजित कुंवले बताए ।  

इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको टोलीले गोप्य सुचनाका आधारमा गएराति साढे १० बजे चेकजाँच गर्दा उनी अफिमसहित पक्राउ परेका हुन्।

खोवारीलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2020-10-07 10:50:55

प्रतिकृया दिनुहोस्