भारत र पाकिस्तानबीच जम्मू–कश्मीरको विषयमा पुनः विवाद, इमरानले भने, ‘हामी संघर्ष गर्नेछौं’

भारत र पाकिस्तानबीच जम्मू–कश्मीर र आतंकवादको विषयमा पुनः विवाद भएको छ। संयुक्त राष्ट्रसंघको ७५ औं महासभामा भारत र पाकिस्तानबीच जम्मु–कस्मिरका साथै आतंकवादको विषयमा विवाद चलेको हो।

न्यूयोर्कमा जारी महासभा अन्तर्गत पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरेको सम्बोधनलाई लिएर भारतले आपत्ति जनाएको छ।

कोरोना प्रकोपका कारण यसपटक भर्चुअल महासभाको आयोजना गरिएको छ। विभिन्न देशका प्रतिनिधिले भिडियोमार्फत सन्देश दिनेक्रम जारी छ।

यसैबीच शुक्रबार पाकिस्तानका प्रधानमन्त्री खानले भिडियो सन्देशमा जम्मु–कस्मिर विवाद, अल्पसंख्यक नागरिकसँग भारतले गरिरहेको व्यवहार र आरएसएको हिन्दुत्ववादी एजेन्डालाई लिएर भारतको आलोचना गरेका थिए।

खानले भारत प्रशासित कस्मिरमा मानवअधिकार हनन् भएको र सेनाको प्रयोग गरेर त्यहाँका स्थानीयलाई दमन गरिएको आरोप लगाएका थिए।

प्रधानमन्त्री खानले सम्बोधन गरेपछि भारतीय प्रतिनिधिले यसको जवाफ  ‘राइट टु रिप्लाई’ प्रयोग गर्दै फर्काएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले महासभालाई शनिबार सम्बोधन गर्ने छन्।

भारतले कश्मीरमा मानवअधिकारको गम्भीर उल्लंघन गरेको र त्यहाँ बस्ने अल्पसंख्यक तथा अन्य संप्रदायका मुसलमानमाथि पाकिस्तानले अत्याचार गरेको आरोप लगाएको छ। यसका साथै जनतालाई दबाउनका लागि सेनाको प्रयोग गरेको आरोप छ भारतको।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरको मुद्दा उठाउँदै भने, ‘जबसम्म जम्मू–कश्मीरको विवाद अन्तर्राष्ट्रिय वैधताको आधारमा हल हुँदैन तबसम्म दक्षिण एसियामा शान्ति र स्थायित्व हुने छैन । सुरक्षा परिषदले यो खतरनाक विवादलाई रोक्नु पर्छ र आफ्नै प्रस्तावलाई लागु गर्नु पर्छ जस्तो पूर्वी टिमोरमा गरिएको थियो।’

खानले जम्मु कस्मिरको विषय अन्तर्राष्ट्रिय वैधताको आधारमा हुनुपर्ने नभए दक्षिण एसियामा शान्ति र स्थायित्व कहिल्यै नआउने बताएका थिए।

उनले भने, ‘म यो स्पष्ट गर्न चाहन्छु कि फासीवादी, अधिनायकवादी, आरएसएसको नेतृत्ववाला सरकारले यदी पाकिस्तान विरुद्ध आक्रामकता देखाउने कोशिश गर्‍यो भने उसको एउटा त्यस्तो देशसँग भेट हुनेछ जो आफ्नो स्वतन्त्रताका लागि अन्तिमसम्म संघर्ष गर्ने छ।’

पाकिस्तानका प्रधानमन्त्री खानले जम्मू–कश्मीरलाई विशेष अधिकार प्रदान गर्ने संविधानको धारा ३७० हटाएको घटनाको पनि आलोचना गरेका थिए। भारत सरकारले त्यहाँ जनसांखिक बदलाव गर्ने प्रयास गरेको आरोप पनि लगाए।

खानले आरएसएरका संस्थापक सदस्य नाजीबाट प्रेरित रहेको र नस्लीय शुद्धता तथा वर्चस्व जस्ता अवधारणलाई मान्ने गरेको बताए। 

नाजीहरुले यहुदीलाई घृणा गरे जस्तै आरएसएसले मुलसलमान तथा केही हदसम्म इसाइहरुलार्य पनि घृणाको दृष्टिले हेर्ने गरेको आरोप उनले लगाएका छन्।

खानले भारतमाथि थुप्रै आरोप लगाएपछि भारतले पाकिस्तानको कडा विरोध गरेको छ।

राष्ट्रसंघका लागि भारतका स्थाई प्रतिनिधि टीएस तिरुमूर्तिले पाकिस्तानको बायान एक नयाँ राजनीतिक गिरावट भएको बताए। उनले पाकिस्तानले आतंकवाद ढाकछोप गर्न भारतमाथि ठूलो र भड्किलो अभिव्यक्ति दिएको बताएका थिए।

प्रकाशित मिति: : 2020-09-26 12:59:12

प्रतिकृया दिनुहोस्