जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो।
अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए।
उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो।
उपचारका क्रममा शुक्रबार राति ती पुरुषको मृत्यु भएको हो। उनको सघनकक्षमा राखी उपचार भइरहेकोमा मृत्यु भएको हो।