चर्चित उपन्यासकार चेतन भगत भन्छन्– गलत काम गर्नेलाई कार्यवाही हुनुपर्छ

चर्चित उपन्यासकार चेतन भगतले बलिउडमा खराब काम गर्ने व्यक्तिविरूद्ध कार्यवाही हुनुपर्ने माग राखेका छन्। उनले कानुनभन्दा ठूलो व्यक्ति नहुने बताउँदै जति ठूलो नाम भएपनि कार्यवाही अगाडि बढाउन अपील गरेका हुन्। 

भारतीय मिडियाहरूलाई दिएको अन्तर्वार्तामा उनले ड्रग्सविरूद्धको अभियानमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले थालेको अपरेशनको खुलेर प्रसंसा गरे। उनले केही व्यक्तिले मिडिया तथा सोसल मिडियालाई गाली गर्नुको कुनै तुक नरहेको पनि बताए। 

उनले कलाकारहरूले आफै आफूलाई ठूलो नभनेको तर मानिसहरूले ठूलो बनाएको बताए। ‘बलिउड कलाकारले हामीलाई मनोरञ्जन दिने हो। त्यसैले उनीहरूको विषयलाई लिएर टाउको दुखाई रहनुपर्दैन,’ उनले भने, ‘कानुनलाई आफ्नो काम गर्न दिनुस्।’

एनसीबीले हाल ड्रग्स कारोबारमा ६ अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपुर, साला अलि खान, रकुल प्रित सिंहलाई बयानका लागि बोलाएको छ। उनीहरूविरूद्ध एनसीबीले प्रमाण फेला पारेको छ।

प्रकाशित मिति: : 2020-09-26 09:58:12

प्रतिकृया दिनुहोस्