सुर्खेतमा जन्मिने वित्तिकै शिशुलाई प्लाष्टिकले बेरेर फलिएपछि......

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६, खोर्के खोला एक नवजात शिशुको शव भेटिएको छ।

प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा शिशु शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार शुक्रबार बिहान ९ बजे नवजात शिशु शव फेला परेको हो।

‘जन्मिने वित्तिकै शिशुलाई प्लाष्टिकले बेरेर फलिएको पाइएको छ,’ एसपी भट्टले भने, ‘ कहिले र कसले शिशु फालेको भन्नेबारे अनुसन्धान भइरहेको छ।’

फेला परेको शिशुको शवलाई पोष्टमार्टमको लागि कर्णाली प्रदेश अस्पताल पठाइएको छ।

प्रकाशित मिति: : 2020-09-25 14:37:23

प्रतिकृया दिनुहोस्