मकवानपुरमा इनारभित्र दुईजना वेपत्ता, एकजना अचेत

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ मा इनारमा डुबेर दुईजना बेपत्ता भएका छन्।  

मनहरी बजारमा रहेको साह पार्टी प्यालेसको इनारभित्र राखेको पानी तान्ने मोटरपम्प बिग्रिएपछि बनाउन गएका दुई जना हराएका हुन्।

पार्टी प्यालेस सञ्चालकका छोरा ३० वर्षीय सुरज साह मोटरपम्प बनाउन इनारमा पसेकोमा बाहिर नआएपछि स्थानीय १६ वर्षीय उत्सव नेपाली उनलाई निकाल्न इनारमा पसेका थिए। दुवै बाहिर नआएपछि उद्धारका लागि डोरीको सहायताले पसेका आनन्द लो बीचमै अचेत भएपछि स्थानीयले उद्धार गरेका थिए।

उनलाई भने स्थानीयले उद्धार गरि उपचारको लागि भरतपुर पठाइएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बिएल नेपाली सेवालाई बताए।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ। 

‘पानीमा डुबेकाहरुको अवस्था अज्ञात रहेको र उद्धारका लागि सबै तयारी भइरहेको छ। अहिले पानी फालिरहेका छौं,’ उनले भने।

प्रकाशित मिति: : 2020-09-25 13:03:53

प्रतिकृया दिनुहोस्