दीपिकालाई डर लाग्ने कारण सँगै बस्न दिन रणबीरको आग्रह

बेलाबेलामा डराउने कारण नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को सोधपुछमा आफूलाई पनि दीपिका पादुकोणसँगै बस्न दिनुपर्ने आग्रह उनका प्रेमी रणबीर सिंहले गरेका छन्। 

बलिउडमा ड्रग्स कारोबारको छानविन गरिरहेको एनसीबीले दीपिकाको च्याट फेला पारेपछि उनलाई सोधपुछका लागि शुक्रबार बोलाएको थियो। 

उनी सुटिङका लागि गोवा पुगेकी थिइन्। उनलाई एनसीबीले पत्र काटेर बोलाएपछि बिहीबार राती नै विशेष विमानद्धारा मुम्बई फर्किएकी छिन्। 

उनले शनिबार उपस्थित हुने जानकारी एनसीबीलाई दिएको बताइएको छ। उनीसँगै बिहीबार प्रेमी रणबीर सिंह पनि मुम्बई फर्किएका छन्। कडा सुरक्षा व्यवस्थाका कारण यो जोडीले ४५ मिनेट गोवाको विमानस्थलमा बिताउनु परेको थियो। 

भारतीय मिडियाका अनुसार रणबीरले बेलाबेलामा दीपिकालाई डर लाग्ने बताएका छन्। उनले यसै कारण एनसीबीसँगको सोधपुछका क्रममा आफूलाई पनि दीपिकासँगै बस्न दिन आग्रह गरेका छन्। 

उनले एनसीबीसमक्ष निवेदन गरेको श्रोतलाई उध्रित गर्दै भारतीय मिडियाले बताएको छ। उनले आफूहरू देशको कानुन पालना गर्ने नागरिक भएको स्पष्ट पारेका छन्।

प्रकाशित मिति: : 2020-09-25 08:15:46

प्रतिकृया दिनुहोस्