शशांक कोइराला कोरोना संक्रमणमुक्त

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना संक्रमण मुक्त भएका छन्। 

गत भदौ २३ गते धुम्बाराहीको ह्याम्स अस्पतालमा गरिएकाे परीक्षणमा उनकाे रिपाेर्ट पाेजिटिभ आएकाे थियाे। 

तर बुधबार राति स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए। 

तर स्वकीय सचिव तिवारीमा भने अझै कोरोना संक्रमण नै देखिएको छ। 

‘महामन्त्री ज्यूको रिपोर्ट नेगेटिभ आयो। मेराे रिपाेर्ट पाेजिटिभ नै आएकाे छ,’ उनले भने।

प्रकाशित मिति: : 2020-09-24 14:10:10

प्रतिकृया दिनुहोस्