डा गोविन्द केसीको जीवन रक्षा गरिदेउ: कांग्रेस

नेपाली कांग्रेसले डा गोविन्द केसीको जीवन रक्षा गर्न प्रधानमन्त्रीलाई अपील गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै वार्ता टोली गठन गरेर केसीसँग इमान्दार वार्ता र सार्थक कार्यान्वयनको तदारुकताका साथ प्रस्तुत हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन्। 

प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते सरकारले गरेको सम्झौता उल्लंघन नभएको भए अहिलेको परिस्थिति नआउने कांग्रेसले बताएको छ।

 ‘केसीको यो अनशनको समयमा ‘बिराएको बाटोबाट ठिक बाटोमा आउन’ संघीय सरकारलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ,’ उनले भने। 

साथै उसले काठमाडौं आएपछि जबरजस्ती ट्रमा सेन्टरमा लैजानुले सरकारको अविवेकी र अनुदार चरित्र थप उजागर भएको कांग्रेसले बताएको छ।

प्रकाशित मिति: : 2020-09-23 19:23:20

प्रतिकृया दिनुहोस्