कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा कर्णालीमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा आइतबार २९ जनामा संक्रमण पुष्टि भएको हो।

जसमा सुर्खेतका ७ जना, बर्दियाका ८ जना, दैलेख र सुनसरीका ३/३ जना रहेका छन्।

यता सल्यान, जाजरकोट, दाङ, कपिलवस्तु, लमजुङ, ओखलढुगा, बैतडी र बाँकेका एकरएक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

 योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३१३६ पुगेको छ।

यस्तै आज थप २७ जना कोरोनामुक्त भएका छन्। प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ६८७ पुगेको महाशाखाले जनाएको छ।

कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-09-20 18:05:01

प्रतिकृया दिनुहोस्