विस्तारै बिस्तारै जिन्दगीले
आफ्नाे रंग देखाउँदैछ
रंगले न बुझेर होकि
चित्र कोरिने क्यान्भासले
तिरस्कार गरेर हो
जतिनै भावना जागृत
गरेर रङ भर्दा पनि
रङ वेरङ भइदिन्छ।
जिन्दगी परबाट हेर्दा
कता कता मोनोलिसाको
अनुहारझै रूँदा हासे जस्तो
हासदा रोए जस्तो
त्यो भित्र लुकेको चीत्कार
सुन्ने कान फाटे जस्तो।
त्यस्तै त्यस्तै कानले
कोरींदै नकोरिएको मोनालिसाको
प्रशंसा सुन्न खोज्ने
ती अरबौं रुपैयाँको
रंग लिएर जिन्दगीलाई
रंगाउन बसेका
आफूलाई ब्लाक एन वाइट
तस्वीरहरु जस्तो बनाएर
अरूको जिन्दगीमा रङ
भर्ने प्रयासमा बिफल
त्यो फाँटेको हाँसो लिएर
फेरि पनि जिन्दगीभरि
एउटा राम्रो चित्र कोर्न
सपना सजाउँदा सजाउँदै
आफैं नमूनासरि फूलको
माला लाएर भित्तामा
ढल्कँदा मात्र उत्कृष्ट नमूना
हुने यो जिन्दगी।
यो जिन्दगी।