प्रदेशसभा भवनकाे विवाद अन्तय, विराटनगरमै गरियाे शिलान्यास

प्रदेश १ सभाको नयाँ भवनको शिलान्यास भएको छ। 

जिल्ला समन्वय समितिको भवनमा सञ्चालन भइरहेको प्रदेशसभाले विराटनगरमा रहेको जिससकै खाली जग्गामा नयाँ भवन बिहीबार शिलान्यास गरेको हो।

प्रदेशसभा भवन विराटनगरमा बनाउने कि इटहरीमा भन्ने विवाद थियो। अन्तत प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले भवनको शिलान्यास गर्दै प्रदेशसभा कुन ठाउँमा रहन्छ भन्ने विवाद अन्त्य भएको बताए। 

प्रदेशसभाको भवन यसअघि निर्माण गर्ने तयारी गरिएपनि ४० जना सांसदले विराटनगर बाहिर हुनुपर्ने बताएपछि निर्माण प्रक्रिया अघि बढेको थिएन। तर कार्यव्यवस्था परामर्श समितिको बैठकले विराटनगरमै बनाउने निर्णय गरेसँगै शिलान्यास गरिएको हो।

प्रदेशसभाको भवन निर्माणका लागि २ करोड ५१ लाख ८१ हजार रुपैयाँमा ठेक्का लागेको छ। सो भवनको जग कंक्रिट माथिको संरचना भने फेब्रिकेटको हुनेछ। ६ महिनाभित्र निर्माण सम्पन्न गरिने सो प्रदेशसभा भवनमा आगामी अधिवेशन गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: : 2020-09-17 17:28:09

प्रतिकृया दिनुहोस्