शनिबार, १२ जुलाई २०२५

गायिका म्याडोनाको जीवनीमा फिल्म बन्ने

News Image
• • •

गायिका म्याडोनाको जीवनीमा फिल्म बन्ने भएको छ। फिल्मलाई म्याडोनाले नै निर्देशन गर्ने भएकी छिन्।

हालै युनिभर्सल पिक्चर्सले म्याडोनाको निर्देशनमा 'पप स्टार'माथि फिल्म घोषणा गरेको थियो। फिल्मको नाम भने सार्वजनिक गरिएको छैन। चलचित्रमा न्युयोर्कको सुकुम्बासी बस्तीदेखि 'ग्लोबल स्टारडम' सम्मको यात्रा समेटिने बताइएको छ।

म्याडोनाले फिल्म मूलत: संगीतमै आधारित हुने उल्लेख गरेकी छिन्। 

फिल्मलाई एमी प्यास्कलले निर्माण गर्ने बताइएको छ। यसअघि एमीले सन् १९९२ मै उनले 'अ लिग अफ दियर ओन' बनाउने क्रममा नै म्याडोनासँग काम गरेकी थिइन्। 

फिल्मको स्क्रिप्ट भने म्याडोनाले ओस्कर विजेता स्क्रिनराइटर डियाब्लो कोडीसँग मिलेर लेख्नेछिन्। कोडीले सन् २००७ मा चलचित्र 'जुनो'का लागि ओस्कारमा बेस्ट स्क्रिनप्ले अवार्ड जितेकी थिइन्।

६२ वर्षीया म्याडोनाले भने यसअघि सन् २००८ मा ब्रिटिस ड्रामा 'फिल्थ एन्ड विज्डम' निर्देशन गरेकी थिइन्। उनको अन्तिम एल्बम भने सन् २०१९ को 'म्याडम एक्स' हो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?