कंगनाद्धारा मुम्बई महानगरपालिकासँग २ करोड क्षतिपूर्ति माग

अभिनेत्री कंगना रनौटले आफ्नो कार्यालयमा भएको तोडफोडमा मुम्बई महानगरपालिकाविरूद्ध २ करोड रुपैंयाको क्षतिपूर्ति माग गरेकी छिन्। 

मुम्बई महानगरपालिकाले ९ सेप्टेम्बरमा पाली हिलस्थित कंगनाको मणिकर्णिका फिल्म्सको कार्यालयमा तोडफोड गरेको थियो। 

महानगरपालिकाको कार्यवाहीमा घरको ४० प्रतिसत ठाउँमा क्षति पुगेको उनले बताएकी छिन्। महाराष्ट्र सरकारविरूद्ध आक्रामक देखिएकी कंगनाविरूद्ध महानगरपालिकाले हतासमा कार्यवाही गरेको थियो। 

उसले ८ सेप्टेम्बरमा नोटिस दिएर अर्को दिननै घरमा तोडफोड गरेको थियो। 
यसविरूद्ध पहिलो दिन नै कंगनाले अदालतमा मुद्धा दायर गरेकी थिइन्। 

अदालतको हस्तक्षेंपछि उनको घर तोड्ने कार्य स्थगित भएको थियो। उनले घरभित्र रहेको झुमर, सोफा र दूर्लभ कलाकृति तोडफोड भएको बताएकी छिन्। 

कंगनाका वकिल रिजवान सिद्दिकीले महानगरपालिकाविरूद्ध पहिलो निवेदनमा केही संसोधन पनि गरेका छन्। 

संसोधित निवेदनमा २ करोड क्षतिपूर्ति माग गरिएको हो। कंगना सोमबार मुम्बईबाट आफ्नो घर मनाली फर्किएकी थिइन्।

प्रकाशित मिति: : 2020-09-15 17:31:46

प्रतिकृया दिनुहोस्