सिन्धुपाल्चोक पहिरो : ११ शव भेटिए, अझै २० जना बेपत्ता {अपडेट}

बिएल संवाददाता

सिन्धुपाल्चाेक

बाह्रविसे नगरपालिका ७ मा दुईवटा बस्ती बगाउने गरी खसेको पहिरोमा बेपत्तामध्ये ११ जनाको शव फेला परेको छ। अझै २० जना बेपत्ता छन्। 

शनिबार राति बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका ७ घर पुरिएका छन्। 

जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार आइतबार अपराह्नसम्म नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउने ११ जनाको शव फेला परेको छ। 

जसमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, ८ वर्षीय सन्देश विक र नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल विक रहेका छन्।

त्यसैगरी मृतकमा नेवार टोल र नागपुजेकी ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र ५ वर्षीया सरसस्वती विक रहेका छन्। पहिरोमा बेपत्ता हुनेहरुमा नापुच्चे ४८ वर्षीय एसबहादुर नेवार, १८ वर्षीया दिलमाया श्रेष्ठ, ३७ वर्षीया सिता श्रेष्ठ, ५ वर्षीय डाेनियल श्रेष्ठ, ४ वर्षीय नादान श्रेष्ठ, २५ वर्षीय अमृत श्रेष्ठ, २५ वर्षीया मनिता श्रेष्ठ र काठमाडाैं मुलपानी घर भएर माइत आएकी ३० वर्षीया रविना श्रेष्ठ र उनका २ महिने बालक रहेका छन्।

यस्तै ८ वर्षीया रियाशु शिवभक्त, ६० वर्षीया पदमकुमारी श्रेष्ठ, ४२ वर्षीय रामकुमारी श्रेष्ठ, ५९ वर्षीय लालबहादुर श्रेष्ठ, उमेर नखुलेकी बुद्ध लक्ष्मी श्रेष्ठ, ११ वर्षीया लक्ष्मी श्रेष्ठ, २९ वर्षीय कुमार विक, २१ वर्षीया साेनिया विक, १० महिने ढपा विक, ५३ वर्षीय सिंहबहादुर नेवार र पहुना आएका एक जना (नाम थर नखुलेकाे) बेपत्ता भएका छ्न्।

उनीहरुकाे नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले खाेजि तथा उद्धार कार्य जारी राखेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए।

 

प्रकाशित मिति: : 2020-09-13 17:53:12

प्रतिकृया दिनुहोस्