बालिका बलात्कार अभियोगमा एक पक्राउ

१३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेका छन्।

पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए।

बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ।

बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2020-09-12 07:01:51

प्रतिकृया दिनुहोस्