अफगान सरकार र तालिबानबीच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता हुँदै

अफगानिस्तानमा चार दशकदेखि चलेको युद्ध अन्त्यको प्रयास स्वरुप आज शनिबार शान्ति वार्ता सुरु हुँदैछ। शान्ति वार्ता यसअघि नै हुने भनिए पनि विविध कारणले हुन सकेको थिएन।

तर, आज सरकार र तालिबान बिद्रोहीबीच पहिलोपटक खाडी मुलुक कतारमा शान्ति वार्ता हुन लागेकाे हाे। 

अफगान सरकार र तालिबानका प्रतिनिधिबिच हुन लागेको यो नै पहिलो प्रत्यक्ष वार्ता हो। यसअघिसम्म तालिबानले अफगान सरकारका प्रतिनिधिसँग भेट्न अस्वीकार गर्दै आएका थिए। 

उनीहरुले अफगान सरकार शक्तिहीन र अमेरिकाको कठपुतली रहेको बताउँदै आएका थिए। तर, गएको फेब्रुअरीमा अमेरिका र तालिबानबीच सुरक्षा सम्झौता भएपछि वार्ताको वातावरण बनेको हो।

वार्ताको लागि दोहा उड्ने क्रममा अमेरिकी विदेश मन्त्री माइक पोम्पोओले यसलाई ऐतिहासिक घटनाकाे संज्ञा दिएका छन्।

अफगानिस्तानको वार्ता टोलीका प्रमुखहरु शुक्रबार नै दोहा पुगिसकेका छन्। बिहीबार तालिबानले आफू वार्तामा सहभागी हुने पुष्टि गरेपछि उनीहरु दाेहा पुगेका हुन्।

 आफगान सरकारले विवादास्पद निर्णय गर्दै ६ कैदी रिहा भएपछि तालिबानले वार्ताका लागि सहमति जनाइएकाे छ।  

दुवै पक्ष राजनीतिक सहमति गरी हिंसा अन्त्यका लागि प्रयासरत छन्। वार्ता सफल भएमा अफगानिस्तानमा विगत चार दशकदेखि जारी हिंसा अन्त्य हुनेछ।
 

प्रकाशित मिति: : 2020-09-12 06:51:01

प्रतिकृया दिनुहोस्