बाराका पत्रकार वीरेन्द्र साहका हत्यारा १२ वर्षपछि पक्राउ

बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् ।

 बाराको कोल्बी नगरपालिका ४ सफाइ टोलबाट हत्यारा हरेराम पट्टेललाई प्रहरी टोलीले आज दिउँसो ३ बजे पक्राउ गरेको हो । 

 २०६४ असोज १८ गते साबिक गाविस ढोढिया पिपरा बजारबाट तत्कालीन माओवादीले चारकोसे जङ्गलमा लगी गोली हानी पत्रकार साहको हत्या गरेका थिए । हत्या भएको ३४ दिनपछि पत्रकार साहको शव फेला परेको थियो ।

पत्रकारका वीरेन्द्र साहको हत्यारा चार जना यसअघि पक्राउ परको र अझै एक जना फरार रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले दिए। 

यसअघि बारा जिल्ला अदालतले पक्राउ परको दुई जनालाई सर्वस्वसहित जन्मकैदकाे फैसाला सुनाएकाे थियाे।

प्रकाशित मिति: : 2020-09-10 17:36:28

प्रतिकृया दिनुहोस्