आयोमेल
धैर्यकान्त दत्त
भनिन्छ, १४ वर्षको वनवासपछि भगवान् रामले पुनः आफ्नो राजकाज फिर्ता पाएका थिए।
तर, बाल्यकालदेखि दिनहुँ विद्यालय धाउँदै १२ कक्षासम्म पुगेका विद्यार्थी अहिले आफ्नो भविष्यबारे अन्योलमा परेका छन्।
तीन वर्षको शिशु कक्षा र त्यसपछिका कक्षा जोड्ने हो भने उनीहरूले १४ वर्षभन्दा बढी विद्यालयमा बिताइसकेका छन्।
१२ कक्षाको अन्तिम परीक्षा सकाएर उच्च शिक्षा अध्ययनको तयारीमा जुट्नुपर्ने उनीहरू कसरी अघि बढ्नेबारे निर्णय गर्न सकिरहेका छैनन्।
वैशाख ८ देखि सुरु हुनुपर्ने कक्षा १२ को अन्तिम परीक्षाबारे सरकारले अझै निक्र्यौल गर्न सकेको छैन।
सरकार नै परीक्षाबारे अन्योलमा पारेपछि परीक्षाका तयारी गरिसकेका विद्यार्थी अनिर्णयको बन्दी बन्नुलाई अस्वाभाविक मान्न सकिँदैन।
सरकारले कक्षा १२ को परीक्षाबारे निर्णय गर्न नसकेपछि विद्यार्थीका साथै अभिभावकहरू समेत मानसिक तनाव झेल्न बाध्य भएका छन् अहिले।
समयमा परीक्षा नहुँदा उच्च शिक्षा अध्ययनका लागि आतुर विद्यार्थीलाई शैक्षिक सत्र नै गुम्ने हो कि चिन्ताले सताउन थालेको छ।
कक्षा १२ उत्तीर्ण भइसकेपछि चिकित्सा विज्ञान, इन्जिनियरिङ, बीबीएलगायतका संकायमा अध्ययन गर्ने वा अध्ययनको तयारी गर्ने विद्यार्थी अनिर्णयको बन्दी बनेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया