पर्सा, बारा र रौतहटमा थपिए २९ संक्रमित, गरुडा प्रहरीको ७ जना सुरक्षाकर्मीमा कोरोना

मध्य तराईको तीन जिल्ला पर्सा,बारा,रौतहटमा २९ जना संक्रमित थपिएका छन्।

नारायणी अस्पताल पीसीआर प्रयोगशालामा सोमबार भएको ५८० वटा नमुना परीक्षणमा पर्साका १३, बाराका ९ र रौतहटका ७ जना गरी कुल २९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।  

२९ जनामा २१ जना पुरुष र ८ जना महिला रहेका छन्। १९ वर्षदेखि ६० वर्ष उमेर समुहका २९ जनाको सिटि भ्यालु १५ देखि ३० सम्मको रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। 

पर्साका १३ जनामा वीरगञ्जको ५, २, १६, १३ र १० का एक/एक जना, कालिकामाई गापा १ र ५ का एक/एक जना गरी दुई, तराई हस्पिटलका ३ जना शंकास्पद विरामीमा पनि कोरोना पुष्टि भएको छ।

सखुवा प्रसौनीका २ जना,आर्मी ब्यारेक वीरगञ्जका एकजना गरी कुल १३ जना रहेका छन्। त्यसैगरी, बाराका ९ जनामा कलैया उपमहामानगरपालिकाका १ र १६ का एक/एक जना गरी दुई जना ,बारागढि गापा ६ का २ जना, ४ नम्बरका १ जना, ३ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, ईलाका प्रहरी कार्यालय बारागढीका १ जना, स्वर्ण गापा ७ का १ जना र रौतहटको ईलाका प्रहरी कार्यालय गरुडाका ७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ।

प्रकाशित मिति: : 2020-09-08 12:42:07

प्रतिकृया दिनुहोस्